गृहपृष्ठ नेपाल-भारतबीच सीमा विवाद हुनुहुँदैन : प्रधानमन्त्री
नेपाल-भारतबीच सीमा विवाद हुनुहुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतका बीच सिमानामा विवाद हुन नहुने बताएका छन् । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताए ।
‘कहीँकतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले संकलन गरेका सुझाव सरकारलाई बुझाउनुहोस् र सरकारको रायका आधारमा निर्णय गर्नुहोस् ।’
नेपाल–भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकाले त्यही कोणबाट भारतसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौं,’ प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारत सीमानाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस ।
प्रकाशित समय : ०२:०६ बजे



















