गृहपृष्ठ एसीईका हेवी इक्युपमेन्ट रुपन्देहीबाट बिक्री सुरु
एसीईका हेवी इक्युपमेन्ट रुपन्देहीबाट बिक्री सुरु
एक्सन कन्स्ट्रक्सन इक्युपमेन्ट (एसीई) का उत्पादन रुपन्देहीमा लन्च गरिएको छ । एसीईका नयाँ उत्पादन भ्याकु लोडर ए एक्स १२४ मोडल रुपन्देहीबाट लन्च भएको हो । कम्पनीले आफ्नो उत्पादनको लन्चिङ नेपालमै पहिलोपटक रुपन्देहीबाट गरेको जनाएको छ । नेपालबाट नयाँ लन्चिङ भएको उत्पादन कम्पनीले शुक्रबारबाटै ४१ वटा देशमा पठाएको छ ।
प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले एसीईका उत्पादन लन्च गर्दै विकास निर्माणमा प्रविधिको प्रयोग जरुरी देखिएको बताए । प्रदेश सरकारले लिएको लक्ष्य पूरा गर्न पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको उनको भनाइ छ । कम्पनीले सस्तो र राम्रो सेवा दिनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा एसीईका इन्टरनेसनल मार्केटिङ प्रमुख अजय मल्लिक, नेपालका लागि आधिकारिक विक्रेता बुद्ध पावर एन्ड टेक्नोलोजीका निर्देशकद्वय टंकप्रसाद पाण्डे र मोहन चापागाई, एसीईका प्रोडक्ट म्यानेजर अनुप मिश्राले नयाँ उत्पादनका विशेषताबारे जानकारी दिएका थिए । भ्याकु टु ह्विलर ड्राइभ र फोर ह्विलर ड्राइभ अप्सनमा उपलब्ध नयाँ लन्च गरिएका इक्युपमेन्टको १.१ क्युबिक मिटर बाई ०.२४ क्युबिक मिटर क्षमता रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : २३:१० बजे



















