गृहपृष्ठ सुपादेउरालीमा पिकनिक खान गएका दुई समूहबीच भिडन्त
सुपादेउरालीमा पिकनिक खान गएका दुई समूहबीच भिडन्त
अर्घाखाँचीको पवित्र तीर्थस्थल सुपादेउरालीमा पिकनिक खान गएका दुई समूहबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तलाई प्रहरी प्रशासनले २ घण्टादेखि नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिन सकेको छैन ।

दोहोरो भिडन्तमा परी घाइते भएका शेरसिंह खनाल र महेन्द्र बञ्जाडेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको तापनि दुई घण्टादेखि भिडन्त जारी रहेको र नियन्त्रणबाहिर भएको बताइएको छ ।
स्थानीय चन्द्रप्रकाश महतराले दिएको जानकारी अनुसार दुई पक्षबीच भएको भिडन्तले सुपादेउराली तनावग्रस्त भएको छ । अर्घाखाँचीको नरपानीमा कपिलवस्तुको ४ नम्बरबाट पिकनिक आएको टोली र सन्धिखर्कबाट आएको टोलीबीच सामान्य विषयमा झगडा शुरु भएको थियो ।
झगडा बढ्दै गएर दुई पक्षबीच दोहोरो भिडन्तसम्म पुगेको छ । दुई घण्टासम्म प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको छैन भने थप सुरक्षाबल मगाइएको बताइएको छ ।
प्रहरी निरीक्षकको कमाण्डमा आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप शक्ति मगाउनु परेको बताइएको छ । घाइते दुईजना सन्धिखर्क पक्षका भएको बताइएको छ ।
प्रकाशित समय : २२:५० बजे



















