काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसओएस प्रांगणमै पुगेर मेडिसिटीले मनायो बाल दिवस

14.85K
shares

वरिष्ठ दन्त चिकित्सक अकिला श्रेष्ठसँगै १० मेडिकल सदस्यको साथमा नेपाल मेडिसिटी अस्पतालले एसओएस बालग्रामसँग सहकार्य गरी बाल दिवस मनाएको छ । एक सय २९ बालबालिकाका साथमा मुख तथा दन्त स्वास्थ्यको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

मुख स्वस्थ राख्न सके शरीरलाई विशेष रुपमा स्वस्थ राख्ने धेरै आधार तयार हुने भएकाले यसै विषयलाई अस्पतालले प्राथमिकता दिएको छ । एसओएस बालग्रामका तर्फबाट नर्स कमला थापा र मेडिसिटीका तर्फबाट श्रद्धा कर्माचार्यको पहलमा सम्पन्न भएको कार्यक्रममा दन्त मञ्जन र दाँत माझ्ने ब्रससमेत प्रदान गरिएको छ ।

प्रत्येक वर्ष भदौ २९ गते मनाइने बाल दिवसको यो वर्षको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार’ रहेकोमा नेपाल मेडिसिटीले स्वास्थ्यका माध्ययमबाट थोरै भए पनि बालबालिकामा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ सो जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।