काठमाडौंको चोभारमा सिटिजन्सको एटिएम
वि.सं.२०७५ भदौ २९ शुक्रवार २३:१२
shares

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको चोभारस्थित सशस्त्र प्रहरी बलको कार्यालयनजिकै एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएमको उद्घाटन काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका छन् ।
कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, उद्योगी, व्यापारी, विभिन्न संघ-संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति थियो । यसले गर्दा चोभार क्षेत्रवरपरका जनता निकै लाभान्वित हुने बैंकको विश्वास छ ।

























