global ime bank Long Banner Ad

गृहपृष्ठ चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई लाईसेन्स बुझाए

चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई लाईसेन्स बुझाए

चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई लाईसेन्स बुझाए

नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । बाँसबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर संघले कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो ।

भदौ १ देखि लागु भएको मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को विरोधमा आन्दोलनमा रहेका उनीहरुले बिरामी नजाँच्ने घोषणा गर्दै लाईसेन्स बुझाएका हुन् । संहितामा डाक्टरले लापरवाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्था राखिएको भन्दै त्यसको विरोधमा डाक्टरहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शनपछि दिउँसो लाइसेन्स बुझाउनेमा १६ वटा शाखाकै चिकित्सकहरु रहेको संघका महासचिव डा. लोचन कार्कीले बताए । लाइसेन्स बुझाएपछि काउन्सिलले नै यसबारे प्रक्रिया अगाडि बढाउने बताए । आउदो प्रक्रियाबारे अहिले नै केही भन्न नसकिने उनले बताए ।

चिकित्सकहरुले विरोधस्वरुप सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेका छन् । विभिन्न समितिहरु बसेर छलफल गरिसकेपछि मात्र यस विषयबारे टुङ्गो लाग्ने भएकोले चिकित्सकहरुले भने आफ्नो कामलाई यथावत नै राख्न सक्ने बताए ।

प्रकाशित समय : ००:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु