गृहपृष्ठ नाडा अटो सो भदाै २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुने
नाडा अटो सो भदाै २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुने
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडाको १३ औं अटो सो गर्ने भएको छ । काठमाडौंको भृकुटी मण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा अटो सो गरिने भएको हो ।
यही भदौ २६ देखि ३१ सम्म हुने अटो सो ‘वल्र्ड क्लास लुब्रिकेन्ट्स’ शीर्षकमा गरिन लागिएको आयोजकले जनाएको छ । उक्त ६ दिने मेला ६० ले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको नाडाका कार्यवाहक अध्यक्ष कृष्ण दुलालले बताए ।
नाडा अटोमोबाइल्स नेपालको अर्थतन्त्रको मेरुदण्ड तथा विकासको धड्कन रहेको भन्दै अध्यक्ष दुलालले भने, ‘सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार प्रसार प्रर्वद्धन नाडा शो को मुख्य उद्देश्य हो ।’
उनले प्रत्येक नेपालीले आफ्नो घरमा एउटा सवारी राख्न चाहने भए पनि नेपाल सरकारले त्यो वातावरण निर्माण गर्न नसकेको बताए । सोही कारण एक प्रतिशत नागरीकले मात्र गाडी चढ्न पाएको उनको भनाई छ ।
अटो सोमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी यस बर्ष तीन ओटा ह्याङ्गरहरु राखिने नाडा अटो सोका संयोजक निराकार श्रेष्ठले जानकारी दिए । नाडा अटो सो मा १९ ब्राण्डका ४ प्राङ्ग्रे तथा २० ब्राण्डका २ पाङ्ग्रे सवारी साधनहरु रहनेछन् ।
प्रवेश टिकटमा प्रत्येक दिन गोला प्रथाबाट भग्यशाली विजेता घोषणा गरिने छ । उक्त विजेतालाई कोलप्याट मेगा २.५ डी पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रकाशित समय : ००:४३ बजे



















