global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरा उद्योग वाणिज्य संघमा अधिकारीको प्यानलसहित उम्मेदवारी

पोखरा उद्योग वाणिज्य संघमा अधिकारीको प्यानलसहित उम्मेदवारी

पोखरा उद्योग वाणिज्य संघमा अधिकारीको प्यानलसहित उम्मेदवारी

पोखरा उद्योग वाणिज्य संघको आउँदो असोजको ५ र ६ गते हुने ३२ औं महाधिवेशनमा दामु अधिकारीको टोलीले आफ्नो प्यानस सहित उम्मेदावरी घोषणा गरेका छन् । संघका महासचिव समेत रहेका अधिकारीले आईतबार पोखरामा पत्रकार सम्मेलन गरी आफूहरु व्यवसायिक ढंगले शमावेसी भएको भन्दै १७ सदस्य टिमको उम्मेदवारीको घोषणा गरेका हुन् ।

अध्यक्षका प्रत्यासि रहेका अधिकारीले आफ्नो टिममा पदाधिकारी सहितको १७ सदस्यको उम्मेदवारी दिने घोषणा गरेकाछन भने बाँकी केहि पदको लागि खुल्ला राखिएको उनले जनाए । अधिकारीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल, उपमहासचिवमा सीता बराल, कार्यसमिति सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल छन ।

पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघमा रविन्सन प्रजुले राजनीतिक घुसाएकोे आरोप लगाउदै उनले आगामी दिनमा पनि संघभित्र प्रत्यक्ष राजनीति गरे आफुहरुलाइ सह्य नहुने बताए । उनले भने, ‘उद्योगी व्यवसायीहरुको साझा संस्थाको गरिमामा आँच आउने कुनै पनि गतिविधि संघभित्र हुनुहुँदैन भन्ने मान्यता हामीले राख्दै आइरहेका छौं, नचाहँदा नचाहँदै संघभित्र प्रत्यक्ष राजनीति घुसेको देख्दा हामी चिन्तित छौं ।’ आफूहरुले धेरै समयको कसरतबाट धेरै बस्तुगत ढंगले र क्षेत्रगत रुपमा टिम समावेसी गरेको उल्लेख गर्दै अधिकारीले आगामी दिनमा संघको गरिमा बढ्ने आधार सहित नयाँ टिम बन्ने विश्वास दिलाएमा आफ्ना टिमका कुनै पनि पदाधिकारीले उम्मेदवारबाट नाम फिर्ता लिने बताए ।

अधिकारीले १७ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सहजता तथा आत्मसम्मानपूर्वक उद्योग÷व्यवसाय गर्ने वातावरण निर्माणको लागि क्रियाशील रहने, पोखरा उद्योग वाणिज्य संघले अंगिकार गर्दै आएको ‘सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय’को मूल मन्त्रलाई आत्मसात गर्दै समग्र पोखराको आर्थिक उन्नयनमा हातेमालो गर्ने, संघ, प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय गर्दै व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान एवं आर्थिक उत्थानका निम्ती साझेदारीको लागि प्रयत्नशील रहने, गण्डकी प्रदेशको केन्द्र पोखरालाई कृषि, पर्यटन र साना तथा मझौला उद्योगको हब बनाउँदै आत्मनिर्भर अर्थतन्त्र सहित यहाँका उत्पादनहरुको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार बिस्तारको अभियान संचालन गर्ने अधिकारीले प्रतिवदक्ता व्यत्त गरेका छन् ।

यसैबीच बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले एउटा छुट्टै प्यानल बनाएका छन् । अध्यक्षका प्रत्यासीका प्रजुको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नारायण कोईराला, उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उप महासचिवमा चिनु गुरुङ रहेका छन् । प्रजु पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षसमेत हुन् । उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

संघको महाधिवेशन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन अधिकारी र प्रजुले आ–आफ्नो प्यानल सहितको टिम बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुवै टिमले आफूहरुको एक आपसमा शमावेसी टिम भनि दावी गरी रहँदा एक आपसमा संघमा राजनीतिक घुसाएको आरोप लगाएका छन् । अधिकारी प्यानलमा बामपन्थी धारका व्यक्तिहरु देखिन्छन भने प्रजु प्यानलमा लोकतान्त्रिक धारका व्यक्ति देखिन्छन् ।

२९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निवार्चित हुनुपर्नेछ । १ जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित समय : ०२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु