गृहपृष्ठ पानीजहाज दुर्घटनामा १० को मृत्यु, १२६ को उद्धार
पानीजहाज दुर्घटनामा १० को मृत्यु, १२६ को उद्धार
इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानीजहाज दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका १ सय २६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
‘केएम फुङका पेर्माटा’ नामक पानीजहाज दक्षिणी पूर्वी सुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्य इन्डोनेसियाको सागुमा दुर्घटना भएको हो ।
यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानीजहाजमा आगलागी भएपछि जहाज पानीमा पल्टिएको जानकारी दिए । उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उनले बताए ।
इन्डोनेसियामा बेला बेलामा भइरहने यस्ता पानी जहाज दुर्घटनामा परी बर्षेनी सयौँको मृत्यु हुनेगरेको छ ।
प्रकाशित समय : २३:१६ बजे



















