global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालय कला महोत्सव सम्पन्न

हिमालय कला महोत्सव सम्पन्न

हिमालय कला महोत्सव सम्पन्न

दोस्रो हिमालय कला महोत्सव सम्पन्न भएको छ । महोत्सवमा करिब १५ लाख रूपैयाँबराबरका चित्र बिक्री भएका छन् ।

काष्ठमण्डप आर्टस् समूहले नेपाल कला परिषद्मा भदौ २६ गतेदेखि ३० गतेसम्म महोत्सव सञ्चालन गरेको थियो । महोत्समा ११ वटा चित्र बिक्री भएका छन् । महोत्वसमा एक सय ३५ कलाकारका करिब २०० सिर्जना प्रदर्शनीमा राखिएको थियो ।

वरिष्ठ कलाकार शशीविक्रम शाह, मदन चित्रकार, कृष्ण मानन्धर, शशीकला तिवारीलगायतले सिर्जना गरेका विभिन्न चित्र पनि प्रदर्शनीमा राखिएका थिए ।

समसामयिक विषयवस्तुका विभिन्न चित्रका साथै बौद्ध धर्मावलम्बीले करुणाका प्रतीक मान्ने अवलोकितेश्वरलाई थान्का तथा पौभा चित्रमा प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा विभिन्न विधाका फोटोग्राफी, ‘उड तथा इचिङ प्रिन्ट’ सम्बन्धी सिर्जनासमेत समावेश गरिएको थियो । कार्यक्रम आयोजक संस्थाका संयोजक प्रमिला बज्राचार्यले समाज परिर्वतनका लागि कला सशक्त माध्यम भएको बताइन् ।

प्रकाशित समय : २३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु