गृहपृष्ठ मेगा बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
मेगा बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
मेगा बैंक नेपाल र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बैंकका ग्राहकले घर, गाडी, उद्योग व्यवसाय, स्टकलगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकलाई सुविधा हुने भएको छ ।
ग्राहकले बैंकका देशभरका शाखाबाट जनरल इन्स्योरेन्समा निर्जीवन बिमा, प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय : २३:५५ बजे



















