गृहपृष्ठ चर्चित बलिउड अभिनेता गोविन्दा काठमाडौंमा
चर्चित बलिउड अभिनेता गोविन्दा काठमाडौंमा
चर्चित बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा सहभागिता जनाउन उनी शनिबार नेपाल आएका हुन् । राष्ट्रिय सभागृहमा आइतबार हुने अवार्डमा गोविन्दाको सहभागिता रहनेछ ।
अवार्डमा २०७४ सालको वैशाखदेखि चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली फिल्म समेटिएका छन् । लाइफटाइम अचिभमेन्टसहित २३ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकिएको थियो ।
प्रकाशित समय : ००:२५ बजे



















