global ime bank Long Banner Ad

गृहपृष्ठ नाडा अटो सोमा मोटरसाइकल किन्न यसरी गर्नुस् फाइनान्सिङ

नाडा अटो सोमा मोटरसाइकल किन्न यसरी गर्नुस् फाइनान्सिङ

नाडा अटो सोमा मोटरसाइकल किन्न यसरी गर्नुस् फाइनान्सिङ

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनले आयोजना गरेको नाडा अटो सोमा मोटरसाइकलका अधिकृत विक्रेताहरूले फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएका छन् । अधिकांश मोटरसाइकल विक्रेताले आफैं फाइनान्सिङ सुविधा दिएका छन् भने कतिपयले बैंक र केहीले सहकारीबाट यो सुविधा उपलब्ध गराएका छन् ।

यूएमको अधिकृत विक्रेता आइएमर्इ अटोमोटिभले मनिग्राम र परिमलमार्फत कर्जा उपलब्ध गराएका छन् । मनिग्राम र परिमलले एक वर्षको फाइनान्स गर्दा १७ प्रतिशत र दुर्इ वर्षको लागि भने १८ प्रतिशत ब्याज लिन्छन् ।

केटिएम डुक बाइकको अधिकृत विक्रेता हंसराज हुलासचन्दले आफ्नै हुलास इन्भेस्टमेन्टमार्फत फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ । इन्भेस्टमेन्टले २०० सिसी क्षमतासम्मका मोटरसाइकलका लागि ५० प्रतिशत डाउन पेमेन्टमा १५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराएको छ । २०० सिसीभन्दा माथिको हकमा भने ४० प्रतिशत डाउन पेमेन्ट गरे पुग्छ ।

हिरो मोटरसाइकलको अधिकृत विक्रेता नेपाल जनरल मार्केटिङले आफ्नै फाइनान्स एनजीएम फाइनान्समार्फत स्कुटरका लागि १३ देखि १४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । १२५ सिसीभन्दा माथिको क्षमताका स्कुटरका लागि ४० प्रतिशत र १५० सिसीभन्दा माथिको क्षमता भएका बाइक खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्डको अधिकृत विक्रेता विवेक अटोमोबाइले लुम्बिनी विकास बैंकसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले १४.८ प्रतिशतमा कर्जा प्रवाह गर्नेछ ।

एफटेकको अधिकृत विक्रेता म्याक्स भिजनले भने दुर्इ हप्तापछि बिक्री खुला गरेसँगै फाइनान्स व्यवस्था गर्ने कम्पनीको योजना छ । रनर मोटरसाइकलको अधिकृत विक्रेता रमन मोटर्सले बेथल इन्भेस्टमेन्टमार्फत १७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।

भेस्पाको अधिकृत बिक्रेता डि लाइफ इस्टाइलले विभिन्न मोडलका बाइकको लागि १२ देखि १८ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । बेनेलीको अधिकृत विक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङले लुम्बिनी विकास बैंक र एभरेस्ट बैंकसँग कर्जाका लागि सम्झौता गरेका छन् । लुम्बिनीले १४ प्रतिशत र एभरेस्टले ९.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सुजुकीको अधिकृत विक्रेता भिजी अटोमोबाइलले कर्जाका लागि कीर्तिपुर बहुद्देश्य सहकारी र मुक्तिनाथ विकास बैंकसँग टाइअप गरेको छ । सहकारीले न्यूनतम ३५ प्रतिशत डाउन पेमेन्ट र १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ भने मुक्तिनाथले १६ प्रतिशत ब्याज लिनेछ ।

यामाहाको अधिकृत विक्रेता एमएडब्लू इन्टरप्राइजले आफ्नै फाइनान्समार्फत १६ प्रतिशतमा कर्जा उपलब्ध गराएको छ ।

प्रकाशित समय : ००:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु