global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन्स बैंकद्वारा पाँच करोड १७ लाख नगद वितरण

सिटिजन्स बैंकद्वारा पाँच करोड १७ लाख नगद वितरण

सिटिजन्स बैंकद्वारा पाँच करोड १७ लाख नगद वितरण

सिटिजन्स बैंक इन्टरनेसनलले विश्व खाद्य कार्यक्रम र गुड नेवर इन्टरनेसनलको सहकार्यमा नगद वितरण गरेको छ । स्थानीय बाटो निर्माण गरेबापत ‘कामका लागि नगद’ वितरण योजनाअन्तर्गत नगद भुक्तानी गरिएको हो ।

डोटीको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण कार्यक्रम आयोजना गरिएको हो । बैंकले ३ हजार ६३३ परिवारलाई ५ करोड १७ लाख ७६ लाख ८३५ रुपैयाँ वितरण गरेको छ । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विज्ञप्तिमा उल्लेख छ ।

बैंकका देशभर ७९ शाखा, ७२ एटिएम र ९९ शाखारहित बैंकिङ इकाइ छन् । बैंकले तीन लाख ५० हजार ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित समय : ००:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु