गृहपृष्ठ स्वास्थ्य विधेयकमा थापा र अधिकारीको संशोधन : भिआइपिले नेपालमै उपचार गनुपर्ने
स्वास्थ्य विधेयकमा थापा र अधिकारीको संशोधन : भिआइपिले नेपालमै उपचार गनुपर्ने
सरकारले संसदमा दर्ता गराएको जनस्वस्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रतिनीधि सभाका सांसदद्वय गगन थापा र खगराज अधिकारीले भिआइपीहरुले पनि नेपालमा नै उपचार गर्नु पर्ने संशोधन हालेका छन् । उनीहरुले पूर्व तथा वर्तमान भिआइपीले स्वदेशकै सरकारी अस्पतालमा उपचार गर्नु पर्ने व्यवस्था गर्न र विदेशमा उपचार गर्ने लाई सरकारी ढुकुटीबाट खर्च गर्न नपाइने नियम बनाउन उनहिरुको माग रहेको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको विधेयकमा नेपाली कांग्रेसका सांसद गगन थापाले दफा ९ पछि दफा १० थप गर्दै सरकारी कोषबाट विदेशमा उपचार गर्न नपाउने व्यवस्थामा दुई वटा उपदफा थप गर्न संशोधन हालेका हुन् । वर्तमान तथा पूर्व विशिष्ट व्यक्तिहरुको उपचार स्वदेशकै अस्पतालमा नै गर्नका लागि आवश्यक व्यवस्था गर्ने संशोधन प्रस्ताव थापाले दर्ता गराएका हुन् ।
नेकपाका सांसद खगराज अधिकारीले भिआइपीको उपचार स्वदेशमा नै गर्ने तर नेपालमा उपचार सम्भव नभए मात्र उपचारका लागि विदेश लैजान मिल्ने व्यवस्था राख्न संशोधन दर्ता गराएका छन् । सांसद अधिकारीले विधेयकको दफा २८ पछि दफा २९ थप गर्दै उक्त व्यवस्था राख्न संशोधन हालेका छन् ।
प्रकाशित समय : २०:०० बजे



















