global ime bank Long Banner Ad

गृहपृष्ठ प्रकाण्ड प्रकरण : सर्वाेच्चको तेस्रो आदेश, प्रहरीद्वारा चौथो पटक पक्राउ

प्रकाण्ड प्रकरण : सर्वाेच्चको तेस्रो आदेश, प्रहरीद्वारा चौथो पटक पक्राउ

प्रकाण्ड प्रकरण : सर्वाेच्चको तेस्रो आदेश, प्रहरीद्वारा चौथो पटक पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई समाउने र छाड्ने शृंखला नै चलेको छ । प्रकाण्डलाई जबर्जस्ती चन्दा असुली गरेको भन्दै काठमाडौं प्रहरीले पहिलो पटक पक्राउ गरेको थियो । त्यसयता सर्वाेच्च अदालतको आदेशमा छुट्ने र त्यसलगत्तै पुनः अर्काे अभियोगमा प्रहरीले पक्राउ गर्ने शृंखला नै चलेको छ ।

प्रहरी प्रशासनको तालुकदार निकाय गृह मन्त्रालय हो । अहिले गृहमन्त्रालयको जिम्मा विप्लवका पूर्व ‘सहयोयोद्धा’ रामबहादुर थापा ‘बादल’ले गरिरहेका छन् । विप्लवमात्र होइन, प्रकाण्डका पनि सहयोयोद्धा पनि हुन् थापा । तर, थापा गृहमन्त्री भएकै समयमा एकपछि अर्काे गर्दै प्रकाण्ड पक्राउ गर्दै छाड्दै गरिएको छ ।

अर्कातर्फ प्रकाण्ड र विप्लवका तत्कालिन सर्वाेच्च कमाण्डर प्रचण्ड सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष छन् । तर, सर्वाेच्चले तीन पटक छाड्न आदेश दिइरहँदा सर्वाेच्चको आदेशपछि छाड्ने र पुनः पक्राउ गर्ने शृंखला नै चलेको छ ।

प्रचण्ड र मोहन वैद्यबीच असहमति भई वैद्यले पार्टी फुटाउँदा थापा, विप्लव र प्रकाण्डले वैद्यलाई साथ दिए । त्यसपछि पुनः विप्लवले वैद्यसँग फुटी अलग पार्टी बनाउँदा प्रकाण्डले विप्लवलाई र थापाले वैद्यलाई सहयोग गरे ।

तर, पछि थापासहितका नेताहरु तत्कालिन एकीकृत माओवादीलाई माओवादी केन्द्र बनाउँदै पार्टी एकता गरेर आए । त्यसो गर्दा बादलले आफ्नो पार्टीभन्दा भिन्न पार्टी गठन गरी राजनीतिमा सक्रिय रहेका मणि थापा, मातृका यादव र निष्कृय रहेकी जयपुरी घर्तीसमेतको नेतृत्व गर्दै पार्टी एकता गरे ।

अहिले तिनै थापा गृहमन्त्री छन् र उनै प्रकाण्ड चौथो पटक पक्राउ परेका छन् । सुरुमा प्रहरीले जबर्जस्ती चन्दा उठाएको आरोपमा प्रहरीले प्रकाण्डलाई पक्रउ गरेको थियो । त्यसपछि सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पर्याे । उक्त रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले प्रकाण्डलाई छाड्ने आदेश दियो ।

सर्वाेच्चको आदेशमा प्रकाण्ड छुट्न त छुटे तर, पुनः तत्कालै पक्रउ परे । यसबखत काभ्रेमा रहेको मुद्दामा अनुसन्धान गर्न उनलाई काभ्रे पठाइयो । त्यसमा पनि निवेदन परेपछि सर्वाेच्चले पुन प्रकाण्डलाई छाड्ने आदेश दियो । यो आदेशमा पनि उनी छुटे र लगत्तै पुनः पक्राउ परे ।

तेस्रो पटक पक्राउ परेका प्रकाण्डलाई नुवाकोटमा रहेको मुद्दामा अनुसन्धानका लागि त्यतातर्फ लगियो । तर, नुवाकोट लगिएका प्रकाण्डलाई छाड्न सर्वाेच्चले तेस्रो पटक आदेश दियो । प्रहरीले पनि सर्वाेच्चको आदेशमा उनलाई तेस्रो पटक रिहा गर्याे । तर, रिहा गरेको केही मिनेटमै चौथो पटक पक्राउ गर्याे ।

सोमबार चौथो पटक पक्राउ परेका प्रकाण्डलाई सर्वाेच्च अदालतको आदेशमा जिल्ला अदालतको रोहबरमा छाडिएको थियो । तर, त्यसलगत्तै पुनः पक्राउ गरियो । यसपटक प्रकाण्डलाई गत चुनावमा हाल प्रदेश १ का मुख्यमन्त्री रहेका शेरधन राईको चुनावी अभियानको टोलीमाथि भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु