गृहपृष्ठ बिमस्टेक क्षेत्रीय संगठन जोड्ने पुल : प्रधानमन्त्री
बिमस्टेक क्षेत्रीय संगठन जोड्ने पुल : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) दक्षिण एसिया र दक्षिण पूर्वी एसियाजस्ता संगठन जोड्ने पुल भएको बताएका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनमा भाग लिन आएका बिमस्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा गहन छलफल भएको जानकारी दिए ।
उनले बिमस्टेकको चौथो शिखर सम्मेलन दुरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको बैठकलाई जानकारी गराए । बिमस्टेक सम्मेलन काठमाडौंमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।
प्रधानमन्त्री ओलीले सबै पक्षलाई मिलाएर सफलतापूर्वक कूटनीतिक ढंगले बिमस्टेक सम्मेलन गर्नसकेकामा सो श्रेय सम्पूर्ण नेपालीलाई उपलब्ध भएको जानकारी दिए । उनले बिमस्टेक सम्मेलन सफल पार्न योगदान दिने तीनै तहका सुरक्षा निकाय बौद्धिक वर्ग, कर्मचारी, पत्रकारलगात सबै पक्ष धन्यवादको पात्र थिए भन्दै उनीहरुको प्रशंसा गरे । रासस ।
प्रकाशित समय : ००:०६ बजे



















