global ime bank Long Banner Ad

गृहपृष्ठ दसैँमा जनतालाई वाम सरकारको उपहार : मूल्यबृद्धि !

दसैँमा जनतालाई वाम सरकारको उपहार : मूल्यबृद्धि !

दसैँमा जनतालाई वाम सरकारको उपहार : मूल्यबृद्धि !

प्रतिनिधिसभाको बैठकमा सांसद पार्वती डिसी चौधरीले दसैँको मुखमा मूल्यबृद्धि गरेर सरकारले जनतालाई ‘दसैँ उपहार’ दिएको भन्दै विरोध जनाएकी छन् । बैठको शून्य समयमा उनले भनिन्, ‘सरकारबाट जनतालाई कत्रो अपेक्षा थियो, तर सरकारले भने दसैँको मुखमा जनतालाई मूल्यबृद्धि उपहार दिएको छ ।’

बैठकमा अन्य सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको चन्द्रनिगाहापुरमा सम्झनाकुमारी दास र सुनिताकुमारी दासलाई एसिड प्रहार गर्नेलाई हदैसम्मको कार्बाही गर्न माग गरे । सांसद धर्मशिला चापागाईले हिंसाका घटना हुनुको कारण खोजी चेतनामूलक पाठ्यक्रमको विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

सांसद देव गुरुङले भदौ २७ गतेको बाढी पहिरोले लम्जुङको उत्तरी भेगमा बाटो अवरुद्ध गरेको भन्दै तत्काल सडक सञ्चालनको व्यवस्था मिलाउन भौतिक योजना मन्त्रालय तथा सडक विभागको ध्यानाकर्षण गराए ।

सांसद बालकृष्ण खाँडले सर्वोच्च अदालतले विद्यालय कर्मचारीको सेवा र सुविधालाई सुनिश्चित गर्न दिएको आदेशको वेवास्ता गर्दै सरकारले विद्यालयका कर्मचारीलाई उचित तलब र सुविधा उपलब्ध नगराएको टिप्पणी गरे ।

सांसद नारायणप्रसाद खतिवडाले नुवाकोट जिल्लाको त्रिशुली अस्पताललगायत अन्य ३ वटा क्षेत्रीय अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नभएको भन्दै डाक्टरलाई काजमा सरुवा गर्ने ऐनबारे सरकारसँग जवाफ मागे ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु