काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हेलिकप्टर दुर्घटना अपडेट : मृत्यु भएकाको शव काठमाडौं ल्याइयो

13.63K
shares

नुवाकोटको मेघाङमा अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौं ल्याइएको छ । चारवटा हेलिकप्टरमाफर्त आइतबार बिहान शव ल्याइएको हो । हेलिकोप्टरमा सवार सातमध्ये ६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका-१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् ।

दुर्घटनामा एक जनको भने उद्धार गरिएको छ । उद्धार गरिएकी आनी डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।