नेपाली सेनाको नेतृत्व पूर्णचन्द्र थापाले सम्हाल्दै
वि.सं.२०७५ भदौ २४ आइतवार १६:५३
shares

नेपाली सेनाको नेतृत्व आइतबारदेखि प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार महारथीको दज्र्यानी चिह्न लगाइदिएपछि थापाले जंगी अड्डा पुगेर नेतृत्व सम्हाल्ने भएका छन् ।
निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई सेनाले शुक्रबार बिदाई गरिसकेको छ । मन्त्रिपरिषदले गत भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति भण्डारीले थापालाई भदौ १२ मा नै नेपाली सेनाको प्रधानसेनापतिको रुपमा नियुक्त गरिसकेकी छन् । ०१७ मा लमजुङमा जन्मिएका थापाले २७ मंसिर ०३७ मा सेनाको गोरखबहादुर गणमा सहायक सेनानीमा नियुक्त भएर काम गरेका गिए ।

























