गृहपृष्ठ इलाममा भेटिएको बम नेपाली सेनाले ‘डिस्पोज’ गर्याे

इलाममा भेटिएको बम नेपाली सेनाले ‘डिस्पोज’ गर्याे

इलाममा भेटिएको बम नेपाली सेनाले ‘डिस्पोज’ गर्याे

इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ । इलाम नगरपालिका-७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो ।

पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । अहिले सो बम नेपाली सेनाको पशुपतिप्रसाद गण इलामको बम डिस्पोजल टोलिले डिस्पोज गरीसकेको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले न्युज कारोबारलाई बताए ।

सो बम कसले राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको रुपमा प्रयोग गरेको घर अहिले खालि अवस्थामा छ । प्रहरीका अनुसार सोही खालि घरमा दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको हो ।

एकान्तमा रहेको भवनमा भेला भएर स्थानीय युवाहरुले लागु औषध सेवन गर्ने गरेको सुचना पाएपछि प्रहरी भवनमा पुगेको थियो । कोठाहरु खुल्लै रहेको भवनमा हेर्दा तीनवटा शंकास्पद बस्तु भेटेको जनाइएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि मारवाडी सेवा समाजको भवनमा जिल्ला पार्टी कार्यालय राखेको थियो । एमालेसँग पार्टी एकीकरण भएपछि माओवादीले जिल्ला कमिटिको कार्यालय रहेको मारवाडी सेवा समाजको भवन छाडिसकेको छ ।

 

याे पनि पढ्नुहाेस् :

माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै बम

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु