गृहपृष्ठ विपीको ऊर्जा सराहनीय छ : रामचन्द्र पौडेल

विपीको ऊर्जा सराहनीय छ : रामचन्द्र पौडेल

विपीको ऊर्जा सराहनीय छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको तत्कालीन समयको उर्जा र लगनशीलता सराहनीय भएको बताएका छन् । कांग्रेस केन्द्रीय समितिले आयोजना गरेको एक सय पाँचौं विपी जयन्ती सभामा पौडेलले यस्तो बताएका हुन् । विपि सधैँ रास्ट्रवादी र प्रजातन्त्रवादी भएको पनि पौडेलले बताए ।

कांग्रेसका नेताहरूले विपीले कम्युनिस्टसँग मिल्न हुँदैन भनेको र उनलाई कम्युनिस्ट विरोधीका रुपमा बुझाउन खोजिएको भन्दै पौडेलले त्यो गलत भएको उल्लेख गरे । पौडेलले विपी कहिल्यै पनि कम्युनिस्ट विरोधी नभएको जिकिर गरे । उनले कांग्रेसभित्र कम्युनिस्ट विरोधि रटान राजावादी भएको आसंका गर्दै, राजा, धर्म, प्रजातन्त्र कसैको नाममा भ्रम नछर्न सबै कांग्रेसका नेता कर्याकर्ता तथा अन्य पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

समयको माग अनुसार चल्न छाडेर कांग्रेसले कम्युनिस्टको विरोध गर्दा पछाडि परिरहेको पौडेलले बताए । उनले हिजो विपीलाई लेन्डुप दोर्जे भन्नेहरूले आज कांग्रे नेतालाइ विपीको मार्ग छोडेको भनेर आरोप लगाइरहेको पनि बताए । अहिलेको सरकार नयाँ वर्ग निर्माणमा लागि रहेको र कांग्रेसले त्यसलाई रोक्नपर्ने उनको भनाई थियो ।

कांग्रेस उपसभापति विमनेन्द्र निधिले नेपाली कांग्रेसले वैचारिक प्रष्टता दिन नसकेकोले पछिल्लो परिणाम व्यहोर्नुपरेको बताए । उनले कांग्रेसले विपीको लाइन छोडेर यस्तो हालत भएको भन्ने आरोप लागेको दावी गरे । निधिले विपीलाई कसैसँग तुलना गर्न नसकिने पनि तर्क गरे ।

विपी कोइरालाले नै नेपाललाई हिन्दुराज्य नभएको र यो भन्नु बेइमान बताएको प्रसँग उल्लेख गर्दै निधिले आजको परिवर्तनको पाटो भनेकै विपीको सपना र योजना रहेको दावी गरे । निधिले सरकारबाट सबैभन्दा ठूलो अन्याय नागरिकले भोगेको र सरकार नागरिकको विरुद्धमा रहेको पनि बताए ।

नेता प्रदीप गिरीले नागरिक स्वतन्त्रता हराउन लागेको बेला महान मान्छेको नाम मात्र रहने भए पनि विपीको नाममा धोका हुने भन्दै चिन्ता व्यत्त गरे । विपीले कम्युनिस्टलाई कहिल्यै अछुत नमानेको पनि गिरीले बताए । विपीले सबै जात धर्म समुदायलाई सम्मन गर्ने गरेको पनि गिरीको भनाई थियो ।

कांग्रेसले आफ्नो संस्थापक नेता विपी कोइरालालाई विपि जयन्तीको नाममा सम्झिँदै आएको छ ।

प्रकाशित समय : २२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु