global ime bank Long Banner Ad

गृहपृष्ठ ग्याजेट्स रिभ्यु : बजेट स्मार्टफोन- टम्बो टिए ३

ग्याजेट्स रिभ्यु : बजेट स्मार्टफोन- टम्बो टिए ३

ग्याजेट्स रिभ्यु : बजेट स्मार्टफोन- टम्बो टिए ३

नेपालमा टम्बो सुपरफोन टिए ३ फोन सार्वजनिक भएको छ । टम्बो मोबाइलका सबै मोडलका फोनमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रlन रिप्लेसमेन्ट दिइने कम्पनीले बताएको छ ।

टम्बो टिए ३ मा ४.९५ इन्चको स्क्रिन र २.५ डिको कर्भड ग्लास डिस्प्ले छ । यसमा १ जिबी र्याम छ भने १६ जिबीको इन्टरनल स्टोरेज क्षमता छ । सस्तो मूल्यमा स्मार्टफोन खोज्नेहरुलार्इ लक्षित गरिएको यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर र सोही मेगापिक्स बराबरको सेल्फी क्यामेरा छ ।

यसले ओटीजी सपोर्ट गर्छ भने फेस रिकग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका विशेषता छन् । फोनमा त्यस्तो नयाँ फिचर केही नभए पनि यसको सपोर्ट र वारेन्टी राम्रो छ । यसले फोरजी सिम सपोर्ट गर्छ भने स्क्रिन फुल भ्यु डिस्प्लेमा रहेको छ । यसको बजार मूल्य १० हजार ३ सय ४९ रूपैयाँ छ ।

प्रकाशित समय : २२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु