गृहपृष्ठ निर्माण व्यवसायी महासंघमा पूर्वअध्यक्षको उमेद्वारी
निर्माण व्यवसायी महासंघमा पूर्वअध्यक्षको उमेद्वारी
नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा यज्ञध्वज कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । कार्कीले निर्माण व्यवसायीको हितमा काम गर्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
पूर्वअध्यक्षले सबै तहका निर्माण व्यवसायीलाई समेटेर काम गर्न नसकेको आरोप लगाएका कार्कीले अफू निर्वाचित भएमा त्यसको अन्त्य गर्ने बताए । २०६५ देखि २०६८ सम्म महासंघको नेतृत्व सम्हालीसकेका कार्कीले सोही पदमा पुनः उम्मेदवारी घोषणा गरेका हुन् । बुधबार काठमाडौंमा एक कार्यक्रम गरी महासंघको विभिन्न पदमा रहेर गरेको काम र चरित्रको आधारमा महासंघको अध्यक्षका लागि आफू उपयुक्त पात्र भएको उनको दावी छ ।
आफूले नै निर्माण व्यवसायी दिवस मनाउने र एफक्यान पुरस्कारको सुरुवात गरेको र विगतमा धेरै सम्झन लायक कार्य गरेको उनको दावी छ । आफूले आउदो दिनमा निर्माण व्यवसायी र समग्र देशको हितमा काम गर्ने उनको भनाई थियो । ‘सफल नेतृत्वका लागि अनुभव, योग्यता र दक्षता चाहिन्छ कसैलाई रहर लाग्दैमा नेतृत्व लिन पाइदैन,’ कार्कीले भने, ‘पद भनेको भाई भाईमा अंशबण्डा गरेको जस्तो होइन ।’
प्रकाशित समय : २२:३३ बजे



















