अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ ।
बिहीबार हुने सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ । युक्रेन युद्धको विषय भने छलफलमा समावेश हुने वा नहुने स्पष्ट भइसकेको छैन ।
एपेक बैठकलाई सम्बोधन गर्दै पुटिनले बढ्दो सैन्य तथा राजनीतिक जोखिमका बेला विभाजनभन्दा एकता र अल्टिमेटमभन्दा संवाद आवश्यक रहेको बताए । उनले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धले आफ्नो देशको आर्थिक विकास रोक्न नसकेको दाबी पनि गरे ।
चिनियाँ राष्ट्रपति सीले कृत्रिम बौद्धिकता (एआई) र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताएका थिए । सी र पुटिनबीच ऊर्जा, वित्तीय सहकार्य तथा युक्रेन र उत्तर कोरियासम्बन्धी विषयमा पनि छलफल हुने रुसी अधिकारीहरूले जनाएका छन् ।