काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकपमा तीन देशका आठ टोलीबीच प्रतिस्पर्धा

798
shares

ai logo सारांश

  • झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटानका सहित आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
  • प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले हात पारेको थियो ।
  • प्रतियोगितालाई व्यवस्थित र सहज रूपमा सञ्चालनका लागि रङ्गशालामा अस्थायी प्यारापिटसमेत निर्माण गरिएको छ ।

झापा । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटानका सहित आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

शिवसताक्षी नगरपालिका–११ स्थित दुधे रङ्गशालामा हुने प्रतियोगितमा नेपालका तीन विभागीयसहित ती टोलीबीच प्रतिस्पर्धा रहने झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए ।

यही मङ्सिर ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय टिमका रूपमा नेपाल पुलिस फुटबल क्लब, सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको सहभागिता रहनेछ ।

प्रतियोगितामा झापा–११ फुटबल क्लब, भारत नयाँ दिल्लीको एभी फुटबल क्लब, भुटानको थिम्पु राभेन महिला फुटबल क्लब, पोखराको आरएस पोखरा फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लबले प्रतिस्पर्धा गर्ने उनले बताए ।

प्रतियोगीताका विजयी टोलीलाई ११ लाख नगदसहित ट्रफी र मेडल तथा उपविजेताले नगद पाँच लाख ५० हजार, ट्रफी र मेडल प्रदान गरिने छ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशिमा ९० हजार र उपविजेताको ५० हजारले वृद्धि गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाइ ५० हजारसहित ट्रफी तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले हात पारेको थियो । यसपटक भारत र भुटानका टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको अध्यक्ष थोप्राले बताए । उनका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० जना आदिवासी दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ ।

प्रतियोगितालाई व्यवस्थित र सहज रूपमा सञ्चालनका लागि रङ्गशालामा अस्थायी प्यारापिटसमेत निर्माण गरिएको छ । उक्त प्यारापिट करिब सात हजार दर्शक क्षमताको छ ।