गृहपृष्ठ टिभीएसले खोल्यो १० नयाँ सोरुम
टिभीएसले खोल्यो १० नयाँ सोरुम
टिभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले देशभर १० वटा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले असोज १ गतेदेखि काठमाडौंको कान्तिपथ, कुपन्डोल, टुसाल र काठमाडौंबाहिर इनरुवा, राजविराज, सिरहा, धादिङ, गरुडा, कावासोती र डडेलधुरामा सोरुम खोलेको हो ।
नयाँ सोरूममा कम्पनीले केही समयअघि मात्र बजारमा ल्याएको टिभीएस अपाचे आर आर ३१०, टिभीएस अपाचे आर टि आर १६० फोर भी र टिभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध हुनेछन् । ग्राहकले यी सोरुममार्फत टिभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् ।
प्रकाशित समय : २२:२३ बजे



















