कञ्चनपुरमा फेरि अर्काे बलात्कार
वि.सं.२०७५ असोज ५ शुक्रवार ०१:४१
shares

बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटनाले मुलुक नै अाक्रान्त भइरहेका बेला कञ्चनपुरमै पुनः अर्काे बलात्कारकाे घटना भएकाे छ ।
कंचनपुर को कृष्णपुर नगरपालिकास्थित एक विद्यालयमा अध्ययनरत ७ वर्षीया बालिका बलात्कारकाे सिकार भएकी छन् ।
विद्यालयकै विद्यार्थीद्वारा ती बालिका बलात्कृत भएकी जनाइएकाे छ । कक्षा ६ मा अध्ययनरत विद्यार्थीले बालिकाकाे बलात्कार गरेकाे जनाइएकाे छ ।

























