यातायात सुचारु गर्ने सहमति
वि.सं.२०७५ असोज ५ शुक्रवार ०१:३३
shares

बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरुकाबीचमा भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने सहमति भएको छ ।
सहमतिपछि सवारी साधन चल्न थालेका छन् । चालकहरुले सरकारले कानुनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको विरोधमा गाडी थन्क्याएर आन्दोलन गरेका थिए ।
गाडी नचल्दा यात्रुलाई मर्का परेकाले बिहीबारैदेखि गाडी सञ्चालन गर्ने सहमती भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए । सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने तथा गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतीपत्र १५ दिनसम्म निलम्बन गर्ने सहमती भएको छ ।

























