दश वर्षको विषय बाह्र वर्षसम्म छलफमै सीमित
वि.सं.२०७५ असोज ५ शुक्रवार ०१:२४
shares

दश वर्षको विषय बाह्र वर्षसम्म छलफलमै सीमित रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । एड्भोकेसी फोरमको आयोजनामा वीरेन्द्रनगरमा बुधबार आयोजित संक्रमणकालीन न्याय र मानवअधिकारको अवस्था– सरकोकारवालाको भूमिका विषयक अन्तर्क्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
जनयुद्धमा राज्यपक्ष तथा विद्रोही पक्षबाट नेपालमा थुप्रै बेपत्ता पारिए । कतिका सिउदो उजाडिए त कतिको काख रित्तिए । तर किन एउटै विषयलाई सधैँ छलफलमै सीमित राखिन्छ राज्यपक्षबाट ५ जना आफन्त गुमाएकी पवित्रा शर्माले भनिन्, ‘अब छलफल गरेर पटकपटक हाम्रो घाउ कोट्याउनु भन्दा न्याय दिनुहोस् । दशवर्षको विषयलाई किन बाह्रवर्षसम्म छलफलमात्रै गर्ने ?’
‘अब हामीलाई न्यायको खाँचो छ ।’ पटक–पटक आफूले आºनौ श्रीमानको हत्याराको नाममा किटानी जाहेरी दिँदासमेत न्याय नपाएको शर्माले बताइन् । उनले थपीन्, ‘धेरै पटक न्यायका लागि सरोकारवालाहरुसँग हात फैलाउदासमेत मैले न्याय पाएकी छैन ।’ तर न्याय नपाएसम्म चुप लागेर नबस्ने शर्माले चेतावनी दिइन् ।
सोही कार्यक्रममा कोपिला भ्याली महिला समाजमा कार्यरत शर्मीला विसीले द्वन्द्वको समएमा बलात्कृत भएका महिलाहरु आज पनि मानसिक रोग बोकेर बाँचेको बताइन् । उनले भनिन्, ‘द्वन्द्वको बेलामा बलात्कृत भएका महिलाहरुको न्यायको लागि न राज्यले हेरेको छ नत उनीहरु आफैँ न्याय माग्न आउने अवस्थामा छन् ।’
त्यस्तै कार्यमक्रमा बोल्दै पीडित हरिमायाँ शर्माले पिडित परिवारको चाहाना अनुसार काम गर्नुपर्ने बताइन् । एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्माले राज्यले द्वन्द्वपीडितको आवाज नसुनेकोले दबाब दिन कार्यक्रम गरिएको बताइन् ।

























