थप ३५४१ पीसीआर गर्दा २३२ जनामा कोरोना संक्रमण पुष्टि, ३८६ जना डिस्चार्ज
वि.सं.२०७७ माघ १० शनिवार २२:४२
shares

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४१ पीसीआर गर्दा मुलुकभर थप दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म २० लाख ३८ हजार आठ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले नेपालमा कुल संक्रमित २ लाख ६९ हजार १ सय ८० जना छन् । यसमध्ये सक्रिय संक्रमितको संख्या तीन हजार ४ सय ५२ छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय ४७ छ । शनिबार थप तीन सय ८६ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ६३ हजार सात सय ३४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १९ सय ९४ जना पुगेको छ ।

























