काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्मलालार्इ न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

15.33K
shares

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायका लागि बिहीबार सुर्खेतमा बृहत दवाब र्याली निकालिएको छ ।

‘जस्टिस फर निर्मला’ भन्ने मूल नाराका साथ निकालिएको बृहत दबाब र्यालीमा सरकार भेटियो न्याय भेटिएन, बलात्कार सबैभन्दा ठूलो अपराध हो, संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर, जीवित निर्मलालाई सुरक्षित गर, लगाएतका नारासहित युवा तथा विद्यार्थीले प्रदर्शन गरेका थिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा बिए एलएलबी प्रथम वर्षमा अध्ययनरत विद्यार्थी र स्वतन्त्र नागरिकको अगुवाईमा र्यालीको आयोजना गरिएको विद्यार्थी सन्दीप कुमार यादवले जानकारी दिए ।

करिब ३ सय बढी सचेत नागरिक र विद्यार्थी रहेको शान्तिपूर्ण र्याली स्थानीय मंगलगढी चौकबाट आँखा अस्पताल हुँदै वीरेन्द्रचौकमा आई कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा उच्च अदालत बार एसोसियसनका अध्यक्ष उत्तमकुमार आचार्यले निर्मलाले अहिले सम्म न्याय नपाउनु प्रशासनको कमजोरी भएको भन्दै यसको जिम्मा पनि प्रशासनले नै लिनु पर्ने बताए । त्यस्तै सामाजिक अभियान्ता हरि उपाध्याय, सचिन तिमिल्सिना, रचना पौडेल, विवेचना खनाल, सुरेश सुनार लगाएतको सहभागीता रहेको थियो ।