काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमाली जिल्ला म्याग्दीमा छठ पर्व मनाइयो

399
shares

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् ।

जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठी देवीको पूजाआजा र नदीमा गएर अर्घ दिएका छन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ ।

आज साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अर्घ दिएका व्रतालुले सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिने तयारी गरेका छन् । छठको पुजाका लागि तीन दिनसम्म पानी पनी नखाई व्रत बसेका थिए ।

नुहाइधुवाइ शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा ब्यवसाय गर्दै आएका प्रतिमा शाहले बताए । व्यावसायिक व्यस्तताले जन्मथलो जान नपाए पनि आफू बसेकै ठाउँमा सामूहिक रुपमा छठ पर्व मनाइएको किसन शाहले बताए ।

नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका व्रतालुले सूर्यलाई अर्घ चढाएका थिए । ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदिको प्रसाद बनाएर चढाएका थिए ।

छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए । छठको पूजा गरेको देखेर अनौठो मानेका थिए । आफ्नै जन्मथलोमा जसरी विधिपूर्वक छठ मनाएको उमाशङ्कर शाहले बताए ।

म्याग्दीका विभिन्न ठाउँमा करिब २०० जना तराईबासी छन् । व्यावसायिक र पारिवारिक कारणले घरमा जान नपाउनेलाई पछिल्ला केही वर्षयता बेनीमै छठ पर्व मनाउने व्यवस्था मिलाएको सञ्जय ठाकुरले बताए ।

बेनीका करिब १०० जना मिथिलाञ्चलबासी यसपालि छठ मनाउन आफ्नो जन्मथलो गएका र नगएकाहरुले बेनीमै मनाएको उनले बताए । विसं २०७७ वर्षदेखि तराईबासीले म्याग्दीमा छठ मनाउन थालेका हुन् । सरकारले विसं २०७६ फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।