काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

357
shares

मुगु । मुगुको रारा ताल घुम्न आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको टोयोटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकखण्डको जिमाकाँरा भिरबाट खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा पाँच जना सवार थिए । तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।