काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह

1.26K
shares

ai logo सारांश

  • पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको जनाइएको छ । छठ पर्वका अवसरमा घाटमा हुने सम्भावित चोरी तथा लुटपाटका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले श्रद्धालु भक्तजनलाई महँगा सुनका गहना लगाएर छठघाटमा नआउन आग्रह गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले छठ पर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन श्रद्धालुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

छठ पर्वमा नदी, पोखरी तथा जलाशय किनारका घाटहरूमा ठूलो संख्यामा भक्तजनको भीड हुने भएकाले चोरी, पाकेटमारी तथा गहना लुटपाटजस्ता अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले यस्तो आग्रह गरेको हो ।

प्रहरी उपरीक्षक भट्टराईले छठ पूजा गर्न घाटमा जाँदा अनावश्यक रूपमा महँगा सुनका गरगहना, नगद तथा बहुमूल्य सामान नलैजान आग्रह गरेका छन् । साथै आफ्ना बालबालिका तथा सामानको विशेष ख्याल राख्न र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेका छन् ।

प्रहरीले छठ पर्वको अवसरमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी परिचालन गर्ने जनाएको छ । श्रद्धालु भक्तजनको सहयोग र सतर्कताले पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरीको अपेक्षा छ ।