काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा काहुँ धरहरा महोत्सव हुने

24.86K
shares

पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटर टाडाको दुरीमा रहेको पर्यटकीय क्षेत्र काहुँ डाँडामा पर्यटकलाई आकषर्ण गर्न यही मंसिर २८ गते देखि काहुँ धरहरा महोत्सव हुने भएको छ ।

काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, वनजंगल, सेती नदी, लगायतका दृश्यवलोकन गर्न सकिने भएकोले पौष ९ गतेसम्म तेश्रो संस्करणको उक्त महोत्सव आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

महोत्सव स्थल काहुँ डाँडामा आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका ११ का वडाध्यक्ष मोहन प्रसाद बास्तोलाले पोखराका केही पर्यटन व्यवसायीहरुले काहुँ डाँडालाई पर्यटकको गन्तव्यमा नराखेकोमा दुखः व्यक्त गर्दै आगामी दिनको प्याकेजमा काहुँ डाँडालाई समेत समेट्न आग्रह गरे ।