काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युवाहरू भन्छन्- कर्णालीमा यौनलाई संकुचित रूपमा हेरिन्छ

11.78K
shares

युवाहरूले कर्णाली प्रदेशमा यौनलार्इ अझै पनि लाजको रुपमा हेरिने भएकाले जगन्य रोगबाट महिलाहरु ग्रसित हुनुपरेको टिप्पणी गरेका छन् । बिहिबार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस) पार्कको आयोजना तथा आयोन नेपाल, हुरेक नेपालको समन्वयमा सम्पन्न युवासँग यौन परामर्श कार्यक्रममा युवाहरूले यस्तो बताएका हुन् ।

आरएच आरएनको सहयोगमा भएको कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा ३० भन्दा बढि युवाहरुको सहभागीता थियो । विशेषरी यौन महिला र पुरुष दुवैको आवश्यकताको विषय भए पनि यसले प्रत्यक्ष रुपमा महिलालाई असर गर्ने सहभागी विमला सुनारले बताईन्  । ‘शारीरिक रुपमा हुने परिवर्तनका कारण महिलालाई नै बढी जोखिम भएको छ । महीनावारी भएको बेला छाउपडी बस्नुपर्ने, गर्भा अवस्थामा स्याहार नपाउँदा मर्नुपर्ने बाध्यता महिलालाई छ ।’

यौनको विषयलाई लिएर लाज मान्ने प्रवृत्तिले समेत बढी समस्या देखिएको सुनारको भनाइ थियो । त्यस्तै कार्यक्रममा सहभागी अनिता केसीले ग्रामीण क्षेत्रसम्म अस्थाई साधन तथा स्वास्थ्यकर्मीको अभावका कारण महिलाहरुलाई यौन तथा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या पर्ने बताइन् ।