काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कानूनको प्रभावकारी कार्यान्वयनमा जोड

18.14K
shares

महिला हिंसा अन्त्यका लागि भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत राष्ट्रिय महिला आयोगद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘न्यायिक समितिका पदाधिकारीसँग लैङ्गिक हिंसा न्यूनिकरण’ विषयक अन्तर्क्रियामा सरोकारवालाले महिला हिंसाविरुद्ध देशव्यापी सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका डा. हरि पौडेलले महिला हिंसा अन्त्यका लागि महिला र पुरुषले सँगसँगै हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिला हिंसामध्ये आयोगमा सबैभन्दा बढी घरेलु हिंसाका मुद्दा दर्ता हुने गरेको जानकारी दिए । राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै गएको उनले बताए ।

हेल्पलाइन शुरु भएदेखि अहिलेसम्म करीब ५० हजार फोन आएको उनको भनाइ छ । विसं २०७४ मङ्सिर २५ देखि सञ्चालनमा आएको सो हल्पलाइनमार्फत अहिलेसम्म एक हजार ५०० महिला हिंसासम्बन्धी उजुरी दर्ता भएको छ ।

त्यसैगरी १२० जनालाई अर्को सम्बन्धित निकायमा जानका लागि सूचना प्रदान गरिएको छ भने १६४ लाई हेल्पलाइनबाट सिधै सम्बन्धित प्रहरीसँग कुराकानी गराइएको छ । आएको फोनमध्ये करीब ६ हजार ३७९ लाई आयोगले विषय वस्तुसँग सम्बन्धित सूचना उपलब्ध गराइएको थियो । महिलाको हकहितको संरक्षण एंव सम्वर्द्धन गर्ने उद्देश्यले २०५८ सालमा राष्ट्रिय महिला आयोगको स्थापना गरिएको हो ।
रासस