काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सहुलियत कर्जा लिन युवालाई राष्ट्रिय वाणिज्य बैंकको आह्वान

38.6K
shares

विभिन्न कागजात र अनुभव खोज्दै अन्य बैंकहरुले आलटाल गरिरहेका बेला राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा सहुलियतपूर्ण कर्जा लिन युवाहरुलाई आह्वान गरेको छ ।

बैंकले शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा प्रमाणपत्रलाई धितोमा राखेर दिने जनाएको छ । सरकारी स्वामित्वको बैंक भएकाले आफूहरुले सरकारी योजनालाई कार्यान्वयन गर्न लागेको राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बताए । ‘हामीसँग लगानी गर्ने पुँजी पनि छ,’ उनले भने, ‘सरकारी योजना कार्यान्वयनमा सहयोग पुग्ने गरी ठूला परियोजनामा पनि लगानी गर्न सक्छौं, किनकि हामीसँग २५ अर्ब रुपैयाँ लगानीयोग्य पुँजी छ ।’

कसरी लिने कर्जा ?
सीईओ श्रेष्ठका अनुसार आफूलाई पायक पर्ने राष्ट्रिय वाणिज्य बैंकको कार्यालयबाट कर्जा सेवा लिन सकिने छ । कम्तिमा स्नातक तहसम्म उत्तीर्ण गरेकाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण लिन पाउने उनले बताए । शैक्षिक प्रमाणपत्र धितो राखी ऋण लिन ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

शैक्षिक योग्यता प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग कार्यालय र समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कम्तीमा ७ दिनको सीप विकास तालिम लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेस गर्नुपर्ने छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १८ वर्ष उमेर पुगेका युवाले पाउनेछन् । १० लाख रुपैयाँसम्म कर्जा लिन सामूहिक जमानी, १० लाखभन्दामाथि कर्जा लिन संस्था र एक करोडभन्दामाथि कर्जा लिन कम्पनी हुनुपर्ने व्यवस्था कार्य्विधिमा उल्लेख छ । १० लाख रुपैयाँभन्दा बढी कर्जा लिन चाहने संस्था वा कम्पनीले कर्जाको विस्तृत परियोजना विवरण बुझाउनुपर्छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले पनि १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लिन सक्नेछ । तर, परियोजनाका लागि विदेशमा ६ महिना काम गरेको र विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्छ ।