काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलंका पत्रकार उत्सवमा नेपाली पत्रकार विशेष अतिथिका रुपमा सहभागी

9.37K
shares

श्रीलंका प्रेस एशोसिएशन (एसएलपीए)को ६३औं बार्षिकोत्सवमा लेखक तथा पत्रकार अशोक सिलवाल विशेष अतिथिका रुपमा सहभागी भएका छन् ।

श्रीलंकाकै सबैभन्दा पुरानो पत्रकार संस्था एसएलपीएको वार्षिकोत्सवमा आमन्त्रित सिलवाल नेपालका तर्फबाट पहिलो पत्रकार हुन् । श्रीलंका फाउन्डेसनको सभाहलमा सम्पन्न कार्यक्रममा इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)को तर्फबाट भारतका प्रतिष्ठित १६ पत्रकारको समूह पनि सहभागी थियो ।

नेपाल तथा भारतका पत्रकारको सम्मानमा बाजासहित श्रीलंकाको परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो । सिलवाल लाङटाङ सद्भावना दूत हुन् ।