राम-जानकी विवाहमहोत्सव : दुर्इ दिन विद्यालय बन्द
वि.सं.२०७५ मंसिर २४ सोमवार २२:५२
shares

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पन्चमीलाई भव्यतापूर्वक मनाउनका लागि सामुदायिक तथा निजी विद्यालयहरू दुर्इ दिन विदा दिने निर्णय गरेको छ ।
मंसिर २५ र २६ गते जनकपुरका विद्यालयमा विदा दिने निर्णय भएको जनकपुरधाम उपमहानगरका शिक्षा शाखा प्रमुख मेहिलाल यादवले जानकारी दिए । उनले जनकपुर आएका श्रद्धालु भतजनहरुलार्इ बस्न आवश्यक परेकोमा सहयोग गर्न आग्रह गरे ।
उपमहानगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै लाखौं भक्तजन आएको बेला शिक्षण क्रियाकलाप गराउन असहज देखिने भएकोले २५ र २६ गते उपमहानगरपालिका भित्र सम्पूर्ण समुदायिक विद्यालयको पठन पाठन बन्द गरी भव्यताका साथ दिपावली मनाउन आग्रह गरेका छन् । साथै विद्यालयलाई आवश्यकता अनुसार आगन्तुक र सेवाकर्मिलाई स्कुल भवन प्रयोग गर्न दिन समेत आग्रह गरिएको छ ।

























