विवाह पञ्चमी महोत्सव : सोमबार तिलकोत्सव सम्पन्न
वि.सं.२०७५ मंसिर २४ सोमवार २३:४६
shares

जनकपुरमा मंगलबार दिउँसो उर्षउल्लासपूर्वक तिलकोत्सव कार्यक्रम गरिएको छ । सीता-रामबीच भएको वैवाहिक कार्यक्रमको क्रममा तिलकोत्सव गरिएको हो ।
अयोध्याबाट श्रीराम जनकपुर आएर नगरदर्शन घुमफिर गरेको, फूलबारी गएर फूल टिपेको र धनुषयज्ञमा सहभागी हुँदै धनुष भाँचेर सीता-रामबीच विवाह हुने निधो भएपछि दुलही पक्षले दुलहा पक्षको घरमा गएर फलफूल, मिठाई सामाग्री चढाउने गरिन्छ । मिथिलाको वैवाहिक परम्पराअनुसार राम-जानकी विवाहपञ्चमीको सोमबार चौथो दिन जानकी मन्दिरबाट दुई हजार एक सय भारसहित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, छोटे महन्थ रामरोशन दास वैष्णवलगायतका हजारौको संख्यामा राममन्दिर पुगेका थिए ।

दुलाह पक्षका अभिभावक राममन्दिरका महन्थ राम गिरिले नेतृत्व गर्दै तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । तिलकोत्सवका लागि जानकी मन्दिरसहित जनकपुरबासिहरुले फलफूल, मिठाई सामग्रीहरु लिर्इ राम मन्दिर पुगेका थिए । राम मन्दिरमा भारसहित पुगेका जानकी मन्दिरका अतिथीहरुलाई भब्य स्वागत गरिएको थियो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीले एक आपसमा दोसल्ला ओढाएर सम्मान गर्नुको साथै काँधमा काँध मिलाएर मिलन गरेका थिए ।
जन्तीलाई जटहीमा भब्य स्वागत
अयोध्याबाट आएका साधुसन्तसहितका जयन्तीहरुलाई भब्य स्वागत गरिएको छ । नेपाल भारतको सीमा नाका जटहीमै पुगेर राम-जानकी विवाहपञ्चमी मूल समारोह समितिका अध्यक्ष समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव लगायतका साधुसन्तहरु जन्तीलाई भब्य स्वागत गरेका छन ।

यो पनि पढ्नुहोस् ।
राम-जानकी विवाहमहोत्सव : दुर्इ दिन विद्यालय बन्द
विवाहपञ्चमी महोत्सव अवलोकन गर्न जनकपुरमा पर्यटकको घुइँचो, दैनिक १५ हजार भक्तजनलाई निःशुल्क भोजन
जन्तीको स्वागतमा मात्र ८ लाखको फूल, विवाहपञ्चमीमा यसरी सजाइँदै छ जनकपुर
राम-जानकी विवाह महोत्सव आजबाट सुरू, महोत्सवमा भारतीय कलाकार पनि सहभागी हुने
मुख्यमन्त्री राउत आफैं जुटे सरसफाईमा, सफाई अभियानमा सेना, सशस्त्र, जनपथ र विद्यार्थीहरुको सहयोग
जनकपुरधाममा विवाहपञ्चमीको रौनक बढ्यो
जानकी मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २१ लाख, विकासको सुरूवात जानकी मन्दिरबाट भयो : मुख्यमन्त्री
राम-जानकी विवाह महोत्सको तयारी तीव्र, जानकी मन्दिर जोड्ने जीर्ण सडक धमाधम मर्मत हुँदै
रामजानकी विवाह महोत्सवको तयारीमा मुख्यमन्त्री राउतको चासो
विवाह महोत्सवको तयारी तीव्र, सीता-रामको स्वयम्बर २६ गते, सोही दिन विवाह
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

























