काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तर प्रदेश समस्या समाधानका लागि कार्यदल गठन

11.84K
shares

संघ र प्रदेशबीच तथा प्रदेश-प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिकलगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साेमबार सम्पन्न अन्तर प्रदेश परिषद्को पहिलो बैठकले सो कार्यदल गठन गरेको र कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।

कार्यदलमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित,  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल रहेका छन् । कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी ताेकिएका छन् ।

संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँडका सम्बन्धमा देखिएका विवाद समाधान गर्ने निकाय मानिएको परिषद्को बैठक आइतबारदेखि शुरु भएकोे थियो । नेपालको संविधानको धारा २३४ मा । प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को व्यवस्था छ । (रासस )