काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विभेदकारी शिक्षा अन्त्य गर्न जरुरी : खानेपानीमन्त्री

12.08K
shares

खानेपानीमन्त्री वीना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजनाबद्द कार्यक्रम ल्याउनुपर्ने बताएकी छन् । कञ्चनपुरको पुनर्बास नगरपालिकामा रहेको श्री जनकल्याण उच्च माध्यमिक विद्यालयको २९औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले विभेदकारी शिक्षाको अन्त्य भएमात्र समृद्ध नेपालको कल्पना साकार हुने बताएकी हुन् ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको बताउँदै उनले गुणस्तरीय शिक्षाको माध्यमबाट नै राष्ट्र निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन हुने बताइन् । उनले भनिन्, ‘अहिलेको शिक्षा नीतिलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने चुनौती छ । विद्यार्थीको क्षमताअनुसारको पठनपाठनमा सुधार गर्नुपर्ने जरुरी छ । यसका लागि सरकार गम्भीर छ ।’

आफूले अध्ययन गरेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगेकी मन्त्री मगरले विद्यालयले भोग्नुपरेका विविध समस्याको समाधान गर्न आफू सधैं तत्पर रहेको बताइन् । विद्यालयको स्तरोन्नतिका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरिन् ।