गणपूरक सङ्ख्या नपुगेपछि संसदीय समितिको बैठक स्थगित
वि.सं.२०७५ मंसिर २५ मंगलवार २०:५७
shares

गणपूरक सङ्ख्या नपुगेका कारण मंगलबार बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ ।
गणपूरक सङ्ख्याका लागि कम्तिमा २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्नेमा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक अन्तत स्थगित गरिएको हो ।
बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पुगेका थिए तर लामो समयसम्म अन्य सदस्य उपस्थित नभएपछि अन्ततः उनी पनि बैठक कक्ष सिहंदरबारबाट निस्किए ।
मंगलबार बस्ने भनिएको बैठकमा भारतीय कम्पनी जीएम आरले माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स चिनियाँ कम्पनीलाई बिक्री गरिएका सम्बन्धमा सरकोकारवालबाट सत्यतथ्य सहितको विस्तृते जानकारी लिइने उल्लेख थियो ।
समितिका सभापति कृष्णप्रसाद दाहालले सदस्यहरू विभिन्न कामकाजका लागि जिल्ला बाहिर रहेकाले बैठकमा अनुपस्थित भएको जानकारी दिए ।
रासस

























