मोरङमा मोटरसाईकल दुर्घटना : चालकको मृत्यु, १ घाइते
वि.सं.२०७५ मंसिर २७ बिहीवार १९:१५
shares

मोरङको ग्रामथान गाउँपालिका-६ ज्ञानी चोकमा बुधबार राति भएको मोटरसाईकल दुर्घटना चालकको मृत्यु भएको छ ।
बुधबार राती ११ बजे मोरङ सुनसरी सिँचाई आयोजनाको नहरको बाटोमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पुलबाट नहरमा खस्दा गम्भीर घाइते भएका मोटरसाइकल चालकको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो ।
मृतकको अहिले सम्म सनाखत हुन नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

























