खरबारीबाट लडेर एक जनाको मृत्यु
वि.सं.२०७५ मंसिर २७ बिहीवार १९:२१
shares

ताप्लेजुङको सिदिङवा गाउँपालिका-२ सादेवामा खरबारीबाट लडेर एक जनाको ज्यान गएको छ । यही मंसिर २२ गते शनिबार दिउँसो पौने १ बजेको समयमा खर काट्ने क्रिममा भीरबाट लडेर गम्भीर घाइते भएका सोही स्थानका ३८ वर्षिय विजय कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
भीरबाट लडेर गम्भीर घाइते कार्कीको झापास्थित बि.एण्ड.सी. अस्पतालमा उपचारका क्रममा गएराति मृत्यू भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

























