काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मंसिर २९ गते राष्ट्रियस्तर ह्विलचेयर बास्केटबल प्रतियोगिता

13.1K
shares

लायन्स क्लब अफ पोखरा लेकसिटी स्थापनाको २५औं वर्ष गाँठको अवसरमा पोखरामा राष्ट्रियस्तरको ह्विलचेयर बास्केटबल प्रतियोगिता हुने भएको छ । अपांगता भएका व्यक्तिको हौसला बढाउने उद्देश्यले मंसिर २९ गते शनिबार प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मदन केसीले जानकारी दिए ।

पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा काठमाडौंबाट दुई टिमसहित चार टिमको सहभागिता रहनेछ । प्रतियोगितामा काठमाडौंको जाउलाखेल ह्विलचेयर क्लब र नेपाल स्पाइनल कर्ड इन्जुरी, काठमाडौं, नेपालगन्जको ह्विलचेयर बास्केटबल टिम र घरेलु टिम लेकसिटी ह्विलचेयर बास्केटबल, पोखराबीच खेल हुनेछ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगिताका विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार, तेस्रो हुनेलाई १० हजार र शान्त्वना ५ हजार पुरस्कार प्रदान गरिनेछ ।