विवाह बन्धनमा बाँधिए कपिल शर्मा
वि.सं.२०७५ मंसिर २७ बिहीवार १९:०२
shares

भारतीय कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन् । प्रेमीका गिन्नी चतरथसँग कपिलले पन्जाबी शैलीमा विवाह गरेका हुन् । शाही अन्दाजमा देखिएका कपिल र गिन्नीले भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, लगायत नजिकका साथी तथा आफन्तलाई विवाहमा बोलाएका थिए ।
विवाहपछि कपिलले २ वटा रिसेप्सन् पार्टी दिनेछन् । पहिलो १४ डिसेम्बरको दिन अमृतसरमा जहाँ विशेष नजिकका आफन्तलाई बोलाइनेछ र अर्को २४ डिसेम्बरमा मुम्बईमा गरिने र बलिउडका स्टारहरुलाई सरिक गराइने छ ।

























