काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं महानगरको ‘स्मार्ट सहरी प्रविधि’ प्रतिस्पर्धा

12.81K
shares

काठमाडौं महानगरपालिकाले ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा- २०७५’ सुरू गरेको छ । ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने मूल नारासहित कार्यक्रमको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले अघि बढाएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियानलाई सफल बनाउन सो कार्यक्रम सहयोगी बन्ने बताए ।

‘सुखी नेपाली समृद्ध नेपालको नारा जसले बनायो उसको मात्रै होइन, समृद्ध नेपाल हामी सबैको चाहना हो,’ शाक्यले भने, ‘हामी सबैले त्यो नारालाई सफल बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । राष्ट्र समृद्ध भयो भनेमात्र हामी सुखी र खुसी बन्छौं ।’

प्रमुख शाक्यले सुखी र समृद्ध नेपाल बनाउन काठमाडौँ महानगरपालिका पनि समृद्ध हुनुपर्ने बताए । ‘काठमाडौंलार्इ समृद्ध बनाउन युवा र विज्ञहरुले साथ दिनुपर्छ,’ उनले भने, ‘सकारात्मक सोचका साथ अघि बढ्ने हो भने सबै सफल बन्न सकिन्छ ।’

महानगरको विकासका लागि एउटै सोच लिएर हिँडेमा असम्भव केही नभएको उनको भनाइ छ । करिब ५० लाख मानिस बसोबास गर्ने काठमाडौं महानगरपालिकालार्इ सुन्दर महानगर बनाउने चाहना महानगरपालिका परिवारको रहेको प्रमुख शाक्यले बताए ।

उपप्रमुख हरिप्रभा खड्गीले सबै मिलेर महानगरको विकासमा अघि बढनुपर्ने बताइन् । कार्यक्रमले स्मार्ट महानगर बनाउने सबैको चाहना पूरा हुने उनको विश्वास छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत यादव कोइरालाले अभियानले नेपालमा व्याप्त बेरोजगारी र त्यसका कारण युवाको विदेश पलायनको समस्या समाधानमा सहयोग पुग्ने बताए । नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहन र प्रश्रय दिई प्रविधिमैत्री व्यापारशैली अवलम्बन गर्दै स्वदेशमै उद्धमशीलता प्रवर्धन गर्ने काठमाडौं महानगरपालिकाको योजना रहेको उनले प्रस्ट पारे ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले यो प्रतिस्पर्धाबाट क्षमतावान बेरोजगार युवाई आफ्नै देशमा स्वरोजगारीको अवसर सिर्जना हुने विश्वास  व्यक्त गरे । कार्यक्रमले विश्वमा प्रचलित र भविष्यमा नवनिर्माण हुन सक्ने नवीन सोचको अन्वेषण गर्ने, काठमाडौं महानगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुको कार्यकुशलता तथा प्रभावकारिता अभिवृद्धि गर्नेलगायतका उद्देश्य लिएको छ ।

प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी मुख्य चार विषय समेटिएका छन् । हरेक विषयका विभिन्न २८ क्षेत्रमा प्रतिस्पर्धीले आफ्ना नवीन सोच प्रस्तुत गर्न सक्ने महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार प्रतिस्पार्धामा उत्कृष्ट ठहरिएका नविन सोचलाई एकदेखि ५ लाखसम्म पुरस्कार प्रदान गरिनेछ ।